मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असार १३ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असार १३ आइतबार १८:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे सोमबार निर्णय हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार १३ आइतबार १८:५४:oo

उपत्यकाको निषेधाज्ञाको सम्बन्धमा सोमबार निर्णय गरिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेर उपत्यकामा लागू हुने गरी निषेधाज्ञासम्बन्धी अर्को आदेश जारी गर्ने बताए । 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरूलाई नियमित खोल्नुपर्नेलगायतका सुझाब दिए पनि उपत्यकाको तीनवटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफूहरू परामर्शमै रहेको उनले बताए । 

उपत्यकामा संक्रमण दर घटेको भए पनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उनले बताए । निषेधाज्ञा पूरै नखोल्न र लामो दूरीका सवारीसाधनलाई अझै एक–डेढ हप्ता खोल्न नहुने सुझाब आएको पनि उनले बताए । उपत्यकामा जारी निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदैछ ।