मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असार ८ मंगलबार ०९:५२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नौ वर्षीया बालिका हत्या प्रकरण :  आँपको प्रलोभन दिएर करणी प्रयास, इन्कार गर्दा हत्या

Read Time : < 1 मिनेट
२०७८ असार ८ मंगलबार ०९:५२:००

सप्तरीमा चार दिनअघि मृत फेला परेकी बालिकाको जबर्जस्ती करणीको प्रयासपछि हत्या भएको खुलेको छ । ४ असारमा डाक्नेश्वरी नगरपालिका– ३ हटैलकी नौ वर्षीया शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैँचामा भेटिएको थियो ।

हत्या आरोपमा प्रहरीले सोमबार बालिकाकै गाउँका १९ वर्षका युवक रोहितकुमार यादवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार करणी प्रयासको पोल खुल्ने डरले उनको हत्या भएको हो । यादवलाई नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा आइतबार राति पक्राउ गरेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । यादवविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दरखास्त परेको उनले बताए ।

प्रहरीका अनुसार गत शुक्रबार शिवानी र उनकी बहिनी बाख्रा चराउन र घाँस काट्न सँगै घरबाट निस्केका थिए । बहिनी बाख्रा हेर्न गएका वेला शिवानी आँप टिप्न छिमेकीको बगैँचामा गएकी थिइन् । त्यही वेला भेटिएका रोहितले आँप दिने लोभ देखाएर करणी प्रयास गरेको एसपी धमलाले बताए ।

‘आँप दिन्छु भन्दै रोहितकुमार यादवले बालिकालाई करणीको प्रयास गरेको रहेछ । तर, बालिकाले इन्कार गर्दै आमालाई भनिदिने बताएपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ एसपी धमलाले नयाँ पत्रिकासँग भने । उनका अनुसार रोहितले हत्या आरोप स्वीकार गरेका छन् ।