१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवाको गुट भेलामा सहभागी भएर फर्किएपछि शिवप्रसाद हुमागाईंले भने, ‘म सिटौला दाइसँगै छु’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५४:oo

कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आफू सिटौला समूहमै रहेको स्पष्ट पारेका छन् । हुमागाईं कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुखसमेत हुन् । उनी विभागको प्रमुख नियुक्त हुँदा सिटौलाको भागमा परेको चर्चा चलेको थियो । तर, देउवाले आफूनिकट नेताहरूसँगको छलफलमा सुटुक्क हुमागाईंलाई पनि बोलाएर छलफलमा सहभागी गराएका हुन् । 

छलफल सकेर फर्किएपछि हुमागाईंले आफू सिटौला समूहमै भएको स्पष्ट पारे । ‘अघि अनलाइनहरूमा समाचार पनि पढेँ, शिव हुमागाईं सिटौला समूहका मानिन्थे लेखेको रहेछ, मैले साथीहरूमाझ पनि भनेँ । मानिन्थे होइन, मानिन्छन् नै भनेर लेख्नुपर्ने, उल्टो भो भनेँ,’ उनले भने, ‘म अहिले पनि सिटौला दाइसँगै छु ।’ 

उनले सभापति पार्टीका सबै नेता–कार्यकर्ताको सभापति भएकाले अहिले गुटको कुरा गर्नु गलत हुने दाबी गरे । ‘मलाई सभापतिज्यूले बोलाउनुभयो, म गएँ । म सभापतिलाई सभापतिकै रूपमा सम्मान गर्छु । उहाँले मलाई विश्वास गरेर बोलाउनुभएको होला । सभापतिले बोलाएको ठाउँमा त रामचन्द्र दाइ पनि जानुपर्छ,’ उनले अघि भने, ‘तर, मेरो कृष्ण दाइप्रतिको विश्वास कायम छ । कृष्ण दाइको ०६२–६३ को आन्दोलन, शान्ति प्रक्रियामा गिरिजाबाबुलाई उहाँले सारथिका रूपमा पु¥याउनुभएको भूमिका, वर्तमान संविधान मस्यौदा समितिको सभापतिका रूपमा उहाँको भूमिका र उहाँले पार्टीलाई पु¥याउनुभएको जिम्मेवारीलाई लिएर हेर्दा उहाँसँग यति धेरै योग्यता, क्षमता छ कि उहाँलाई पार्टीको मूलधारमा राखेर हिँड्दा मात्रै कम्युनिस्टहरूलाई काउन्टर दिनलाई सहज हुन्छ भन्ने मलाई लाग्छ ।’ 

उनले महाधिवेशनलाई एकतामा बदल्नुपर्ने धारणा राखे । ‘मुलुकमा राजनीतिक संकटको अवस्था छ । अहिले हामी नेकपा माओवादीसँग त मिलेर काम गर्दै छौँ भने आफ्नै पार्टीमा सभापतिले बोलाउँदा यो या त्यो समूह भन्ने कुरा हुँदैन,’ उनले भने, ‘हामी त महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भनेर आग्रह गरिरहेका छौँ ।’ उनले सम्भव भएसम्म सर्वसम्मत नेतृत्व चयन वा त्यो नभए स्वच्छ प्रतिस्पर्धाका लागि आफूले सभापतिलाई आग्रह गरेको बताए ।