मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असार ५ शनिबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असार ५ शनिबार १९:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकामा मंगलबारदेखि थप पसल सञ्चालन गर्न दिने तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार ५ शनिबार १९:५९:oo

अघिल्लो साताभन्दा यो साता कोरोना संक्रमण घटेपछि उपत्यकामा थप आर्थिक क्षेत्र सञ्चालन गर्न दिने तयारी थालिएको छ । ८ असारदेखि निषेधाज्ञालाई थप खुकुलो बनाएर थप्न लागिएको छ । 

आइतबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बैठक बसेर निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेका छन् । खाद्यान्न तथा निर्माण सामग्रीको पसल थप धेरै समय खोल्न दिने तयारी प्रशासन कार्यालयको छ ।

 त्यस्तै, कपडा तथा भाँडा पसलसमेत सञ्चालन गर्न दिन लागिएको छ । सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडान भने तत्काल नखुल्ने भएको छ । उद्योग तथा कार्यालयहरू भने स्वास्थ्य मापदण्ड पालना गराएर खोल्न दिने सम्भावना रहेको स्रोत बताउँछ । 

‘मंगलबारदेखि थप केही व्यवसाय सञ्चालन गर्न दिने तयारी छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘आइतबार यसबारे मूल्यांकन गरेर निर्णय गर्छौं ।’ 

अघिल्लो साता निषेधाज्ञा खुकुलो बनाएर एक साताका लागि थपिएको थियो । निर्माण सामग्री तथा पुस्तक पसल सञ्चालन गर्न दिने निर्णय भएको थियो । होटेल तथा रेस्टुरेन्टले टेकअवे सुविधा दिन पाउने निर्णय भएकोमा त्यसलाई यथावत राख्न लागिएको छ । 

पछिल्लो एक सातामा उपत्यकाका नयाँ संक्रमितको संख्या निरन्तर घट्दो क्रममा छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक तथ्यांकअनुसार काठमाडौंमा  काठमाडौंमा दुई सय एक, ललितपुरमा ९३ तथा भक्तपुरमा ४४ गरी तीन सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितको यो संख्या उपत्यकामा दुई महिनायताकै न्यून हो । 

सक्रिय संक्रमितको संख्या पनि उपत्यकामा घटेको छ । हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ७२ मा झरेको छ । सक्रिय संक्रमितको संख्या काठमाडौंमा ६ हजार ३८, ललितपुरमा दुई हजार एक सय ७८ तथा ललितपुरमा दुई हजार आठ सय ५६ रहेकाे छ ।