मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
करण ताम्राकार डडेल्धुरा
२०७८ असार ५ शनिबार १८:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डडेल्धुराको परशुराम नगरपालिकास्थित सामुदायिक वनमा कर्मचारीको शव फेला

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७८ असार ५ शनिबार १८:४४:००

डडेल्धुराको परशुराम नगरपालिका–९ को सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ । परशुराम–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी २६ वर्षीया अस्मितादेवी धामीको शव फेला परेको हो ।

गत २ असारमा आधारभूत स्वास्थ्य केन्द्र जमरानीबाट स्वास्थ्य सामाग्री जोगबुडा अस्पताल पु¥याउन  भनी निस्केकी अस्मिताको शव परशुराम –९ को हट्वानी सामुदायिक वनमा फेला परेको हो । घरपरिवार तथा स्थानीयले खोजी गर्दा शनिबार अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रहरीले हत्या वा अरु कारणले मृत्यु भएको भन्ने बारे पोष्टमार्टमपछि मात्रै थाहा हुने बताएको छ । जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । स्थानीयले सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।