१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अमेरिकामा रहेका नेपाली चिकित्सकले पठाए ५० थान भेन्टिलेटर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:२५:oo

अमेरिका र नेपालमा रहेका चिकित्सकहरूको संस्था‘अमेरिका–नेपाल मेडिकल फाउन्डेसन’ले स्वास्थ्य मन्त्रालयलाई ५० थान आधुनिक भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

सोमबार राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेसनले ती भेन्टिलेटर मन्त्रालयलाई हस्तान्तरण गरेको फाउन्डेसनका अध्यक्ष डा.भूपेन्द्र बस्नेतले बताए । हस्तान्तरण गरिएका भेन्टिलेटरको मूल्य ६ करोड रुपैयाँ पर्ने बताइएको छ ।

भेन्टिलेटर देशभरका नौवटा सरकारी अस्पताललाई वितरण गरिने उनले जानकारी दिए । भेन्टिलेटरको मर्मत राष्ट्रिय आविष्कार केन्द्रले गर्नेछ भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यसको उपयोगबारे अमेरिका–नेपाल मेडिकल फाउन्डेसनले तालिम प्रदान गर्नेछ ।

बस्नेतका अनुसार अनुसार वीर अस्पताललाई १० थान,  सिभिल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, टीकापुर अस्पताल कैलाली, मेची अस्पताल भद्रपुर, नारायणी अस्पताल वीरगन्ज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिशूली अस्पताल नुवाकोटलाई पाँच÷पाँच थान भेन्टिलेटर प्रदान गरिनेछ ।

ad
ad