निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
२०७८ जेठ ३१ सोमबार १०:२४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

महामारीपछि रक्तदानको महत्व झन् धेरै

Read Time : > 1 मिनेट
२०७८ जेठ ३१ सोमबार १०:२४:००

१४ जुनलाई हरेक वर्ष विश्व रक्तदान दिवसको रूपमा मनाइने गरिन्छ । महामारीले थला परेको यो वर्षको रक्तदान दिवस विश्वभर ‘गिभ ब्लड किप द वल्र्ड विटिङ’ भन्ने नाराका साथ मनाइँदै छ ।महामारीमा प्लाज्मा थेरापी र अन्य अत्यावश्यक उपचारका लागि रगत अत्यावश्यक भएको छ, संक्रमणको जोखिमका बाबजुद पनि रक्तदानले लाखौँले नयाँ जीवन पाइरहेका छन् । महामारीपछि रक्तदानको महत्व झन् बढेको छ । 

रक्तदान किन गर्ने ?
हरेक दुई सेकेन्डमा विश्वभर कसै न कसैलाई रगतको आवश्यकता परिरहेको हुन्छ । प्लाज्मा थेरापी, दुर्घटना, रोगबाट पीडित, अविकसित शिशु, जटिल शल्यक्रिया आदि अवस्थामा रगतको एकदमै आवश्यकता हुने गर्छ । रगतको समूह प्रत्येक व्यक्तिअनुसार फरक हुने भएकाले समेत आवश्यक रगतको अभाव भइरहेको हुन्छ । संसारभरि बिरामीको सहजताका लागि ब्लड बैंकहरू सञ्चालनमा छन्, तर पनि प्रत्येक दिन रगत अभाव भइरहेको हुन्छ । 

जीवित रहनका लागि नभई नहुने तत्व हो रगत जुन प्लाज्मा र रक्तकोषबाट बनेको हुन्छ । यसले शरीरका कोषहरूमा ग्लुकोज, एमिनो एसिडलगायतका पोषकतत्व सँगै अक्सिजनलगायतका आवश्यक पदार्थ प्रत्येक अंगमा पुर्‍याउने काम गर्छ । रगतले कार्बनडाइअक्साइड, युरिया, ल्याक्टिक एसिडजस्ता काम नलाग्ने पदार्थलाई बाहिर निकाल्ने कामसमेत गर्छ । 
स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सक्छ । रगत शरीरमा लगातार उत्पादन हुने तत्व हो, जुन प्रत्येक तीन महिनामा आफैँ नष्ट भएर जाने गर्छ । यदि तीन महिनामा रक्तदान गर्ने हो भने शरीरमा नयाँ रगत बन्छ, जुन स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक मानिन्छ । 

सामान्यतया, १८ वर्षदेखि ५६ वर्षको स्वस्थ व्यक्तिले रगत दान गर्न सक्छन् । सामान्यतया रक्तदान गर्दा कमजोरीपन देखिने भन्ने भ्रम रहेको पाइन्छ । तर, आवश्यक पौष्टिक आहारको सेवन गर्दा स्वास्थ्य समस्या देखिँदैन । तर, रक्तदान गर्दा स्वास्थ्य अवस्थाको भने ख्याल राख्नुपर्छ । रगतमा आइरन र हेमोग्लोबिनको कमी भएका व्यक्तिले रक्तदान गर्नुहुँदैन । जसले गर्दा उनीहरूमा झन् कमी भई समस्या हुन सक्छ । रक्तदान गर्ने व्यक्ति कुनै दीर्घरोग र संक्रामक रोग नभएको हुनुपर्छ । जस्तै– छारे रोगको औषधि सेवन गरिरहेको व्यक्तिले रक्तदान गर्न मिल्दैन ।

कस्ता व्यक्तिले रक्तदान नगर्ने
हाल कोभिड संक्रमण परीक्षणविना पनि रक्तदान गर्नुहुँदैन । प्लाज्मा थेरापीका लागि रगत दिँदा पनि आवश्यक स्वास्थ्य परीक्षण अत्यावश्यक पर्छ । यस्तै, महिनावारी, गर्भवती र बच्चालाई दूध खुवाइरहेको महिलाले समेत रक्तदान गर्नुहँुदैन । यसबाहेक विशेष पेसा भएका व्यक्ति अर्थात् मेसिनरी काम गर्ने जस्तै– पाइलट, ड्राइभर, अस्पताल अर्थात् अन्य क्षेत्रमा मेसिनमा काम गर्ने व्यक्तिहरूले रक्तदान गर्नेबित्तिकै काममा जान मिल्दैन । संक्रमणको जोखिम भएका जस्तै, शरीरमा ट्याटु खोपेका व्यक्तिले समेत रक्तदान गर्न मिल्दैन । 
 एजेन्सीको सहयोगमा