Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २७ बिहीबार ०५:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपप्रधानमन्त्री महासेठलाई पाँच दिनपछि भारतको बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २७ बिहीबार ०५:३१:००

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतीय समकक्षी डा. एस जयशंकरको बधाई सन्देश पाएका छन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधवार परराष्ट्र मन्त्रालयमा पुगेर महासेठलाई जयशंकरको बधाई पत्र हस्तान्तरण गरेका छन् । 

महासेठ २१ जेठमा परराष्ट्रमन्त्री भएका थिए । पाँच दिनपछि उनले भारतीय समकक्षीको बधाई पाएका हुन् । उपप्रधानमन्त्री महासेठले भारतबाट नेपालले खरिद गरेको १० लाख डोज खोप आपूर्तिका लागि सहजीकरण गरिदिन राजदूत क्वात्रा मार्फत् भारत सरकारलाई आग्रह गरेका छन् ।

परराष्ट्रद्धारा जारी विज्ञप्तिमा उपप्रधानमन्त्री महासेठ र राजदूत क्वात्राबीच दुई देशका सम्बन्धका विभिन्न बिषय तथा खोप आपूर्तिका बिषयमा बिमर्श भएको उल्लेख छ ।