१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ठूला टोलीसँगको परीक्षा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:१४:oo

पछिल्ला दुई खेलमा उच्चस्तरको प्रदर्शन गरेको नेपाली टोली विश्वकप र एसियनकप छनोटअन्तर्गत सोमबार जोर्डनसँग प्रतिस्पर्धा गर्दै, 

फिफा वरीयतामा ७६ स्थानमाथि रहेको जोर्डनलाई पराजित गरे कतार विश्वकपको तेस्रो चरणको छनोटमा पुग्ने नेपालको झिनो सम्भावना जीवितै 

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी सम्हालेपछि नेपाली टोलीमा धेरै परिवर्तन देखिएको छ । नेपाली टोलीको खेल्ने शैली नै फेरिएको छ । खेलाडी उच्च मनोबलमा देखिएका छन् । खेलाडी छनोटमै सबैलाई आश्चर्यमा पारेका प्रशिक्षक अलमुताइरीले मैदानबाट पनि त्यस्तै नतिजा दिएका छन् । 

अघिल्लो शनिबार आफूभन्दा एक सय तीन स्थानमाथिको इराकसँगको मैत्रीपूर्ण खेल तथा विश्वकप (२०२) र एसियनकप (२०२३) छनोटअन्तर्गत गत बिहीबार चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दा नेपाली खेलाडीले प्रशंसनीय प्रदर्शन गरे । युवा र तुलनात्मक रूपमा कम अनुभवी खेलाडीको बाहुल्य रहेको नेपाली टोलीको यो प्रदर्शनबाट प्रशिक्षक अलमुताइरीको प्रशंसा चुलिएको छ ।

नेपाली टोली र प्रशिक्षक अलमुताइरीले यो साता थप कडा चुनौतीको सामना गर्दै छन् । अर्को वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकप छनोट र दुई वर्षपछि चीनले आयोजना गर्ने एसियनकपको तेस्रो चरणको छनोटको आशासहित सोमबार नेपाली टोली अर्काे बलियो प्रतिस्पर्धी जोर्डनविरुद्ध मैदानमा उत्रँदै छ ।

राति ९ः४५ बजे कुवेतको जाबर अल अहमाद इन्टरनेसनल स्टेडियममा हुने यो खेल नेपालका लागि निकै महŒवपूर्ण रहेको छ । विश्वकप छनोटको गणितीय सम्भावनालाई कम्तीमा अरू केही दिन जीवितै राख्नका लागि पनि नेपालले जोर्डनलाई पराजित गर्नुपर्नेछ । जोर्डनविरुद्धको जितको नतिजाले आगामी एसियनकप छनोटको तेस्रो चरणमा सीधै छनोट हुने नेपालको सम्भावना पनि बलियो हुनेछ ।

तर, जोर्डनसँग पराजित भएको अवस्थामा भने कतार विश्वकप खेल्ने नेपालको सपना दोस्रो चरणको छनोटमै समाप्त हुनेछ । साथै, सीधै एसियनकपको तेस्रो चरणको छनोटमा पुग्ने नेपालको सम्भावना पनि कमजोर बन्नेछ । समूहको शीर्ष स्थानमा रहेको टोली कतार विश्वकप र एसियनकपको तेस्रो चरणको छनोटमा पुग्ने प्रावधान छ । यस्तै, दोस्रो स्थानमा रहेको टोली पनि अन्य सात समूहको दोस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट चारभित्र पर्न सके सीधै कतार विश्वकप र एसियनकपको तेस्रो चरणको छनोटमा पुग्नेछ ।

पाँच टोली सहभागी समूह बीमा रहेको नेपालले शीर्ष स्थानमा रहेर कतार विश्वकप र एसियनकपको तेस्रो चरणको छनोटमा पुग्ने अवसर गुमाइसकेको छ । दोस्रो स्थानमा रहेर उत्कृष्ट चारभित्र पर्दै तेस्रो चरणको छनोटमा पुग्ने सम्भावना पनि नेपालको नियन्त्रणमा मात्रै छैन । 

नेपालले विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न जोर्डनसहित अस्टे«लियासँग खेल्न बाँकी दुईमध्ये दुवै खेलमा जित हात पारेर मात्रै पुग्नेछैन । कम्तीमा कुवेत र जोर्डनले पनि उनीहरूको बाँकी सबै खेलमा पराजय व्यहोर्नु पर्नेछ, जुन असम्भवप्रायः छ । एसियनकपको तेस्रो चरणको छनोटमा पुग्नका लागि भने नेपालले समूहको पुछारमै रहेर पनि प्लेअफको अवसर पाउनेछ । 

 

समूहको तेस्रो स्थानमा रहेको जोर्डनका लागि पनि विश्वकप सपना जीवित राख्न नेपालविरुद्धको खेलमा जित आवश्यक छ । नेपालसँगको पराजयले जोर्डनको पनि कतार विश्वकपको सपना दोस्रो चरणमै टुंगिन सक्छ । जोर्डनले नेपालभन्दा पछि अन्य बलिया प्रतिद्वन्द्वी कुवेत र अस्ट्रेलियासँग खेल्नुपर्ने भएकाले पनि नेपालविरुद्ध उसलाई जित आवश्यक छ । यो अवस्थामा दुवै टोलीले मैदानमा आफ्नो शतप्रतिशत दिने निश्चित छ । 

प्रशिक्षक अलमुताइरीले जोर्डनसँगको प्रतिस्पर्धाका लागि नेपाली टोली तयार रहेको जनाएका छन् । ‘धेरैले हामीलाई अन्डरडग्स मानेका छन् । हामीसँग धेरै सम्भावना बाँकी नरहेकाले विनादबाब खेल्छ भन्ने अरूको बुझाइ छ’, आइतबार कुवेतमा आयोजित प्रिम्याच कन्फरेन्समा उनले भने, ‘हामी विनादबाब नै खेल्न चाहन्छौँ । जितकै लागि खेल्न चाहन्छौँ । हामी एसियनकपका लागि छनोट हुन चाहन्छौँ ।’

जोर्डनका प्रशिक्षक भिटल बोर्केलमासले पनि नेपालविरुद्ध तयार रहेको जनाएका छन् । ‘नेपालको खेल्ने शैली फेरिएको छ । उनीहरूको पछिल्लो खेल हेरेको छु, दुवैमा राम्रो प्रदर्शन गरेका छन्’, उनले भने, ‘हामीले आफ्नो स्तरको खेल प्रदर्शन गर्न सक्यौँ भने जितको नतिजा निकाल्न सफल हुनेछौँ ।’

नेपालका लागि जोर्डनसँगको जित ऐतिहासिक बन्नेछ । फिफा वरीयतामा आफूभन्दा ७६ स्थानमाथि रहेको जोर्डनलाई नेपालले अहिलेसम्म पराजित गर्न सकेको छैन । नेपालले जोर्डनसँग विश्वकप छनोटअन्तर्गत नै यसअघि तीनपटक प्रतिस्पर्धा गरेको छ । तीनमध्ये दुई खेलमा पराजय व्यहोर्दा एक खेलमा बराबरीको नतिजा निकालेको छ ।

सन् २०१४ को विश्वकपअन्तर्गत सन् ०११ मा भएको दोस्रो चरणको छनोटमै नेपालले जोर्डनसँग दुईपटक प्रतिस्पर्धा गरेको थियो ।  अम्मानस्थित घरेलु मैदानमा भएको पहिलो खेलमा नेपाल ९–० को भारी अन्तरले पराजित भयो । त्यसको ६ दिनपछि नै दशरथ रंगशालामा निरन्तरको झरीमा भएको दोस्रो खेलमा भने नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो । नेपालका लागि उक्त खेलमा भरत खवासले गरेका थिए । 

त्यसपछि जारी छनोट प्रतियोगिताअन्तर्गत गत अक्टोबर २०१९ मा अम्मानमै भएको खेलमा नेपाल ३–० ले पराजित भएको थियो । अहिलेसम्म नेपालले जोर्डनसँग १३ गोल व्यहोर्दा मात्रै एक गोल फर्काउन सफल भएको छ । यो भेटले नेपालको यो इतिहासलाई बदल्ने अपेक्षा गरिएको छ ।
 

ad
ad