१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शंकर पोखरेल भन्छन्– जसपासँग कतिपय नीतिगत विषयमा विमति छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:४४:oo

सत्तारुढ एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जसपासँग कतिपय नीतिगत विषयमा विमति रहेको बताएका छन् । उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आलोचना भइरहेका वेला पोखरेलले जसपा बदलिने विश्वास लिएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा शनिबार लेखेका छन्, ‘जसपाका कतिपय नीतिसँग हाम्रा विमति हिजो पनि थिए र आज पनि छन् नै । आज जुन कुराको तीव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो । आज माओवादी केन्द्रको उक्त नीति बदलिएको हो भने जसपाको पनि अवश्य बदलिनेछ । तर, राष्ट्र र राज्यका बारेमा हामी हिजो पनि स्पष्ट थियौँ र आज पनि स्पष्ट नै छौँ ।’