मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्सका ग्राहकलाई घरैमा दुई लाखसम्मको कर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o४:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । बैंकले एफ वान सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा ल्याएको नयाँ कर्जा सुविधाको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भर्चुअल माध्यमबाट सार्वजनिक गरेका हुन् ।  

योजनाअनुसार बैंकमा तलब खाता सञ्चालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकले अधिकतम ३० दिनसम्मका लागि अधिकतम बढीमा २ लाख रुपैयाँसम्म मोबाइल बैंकिङबाट ‘पेडे लोन’ सुविधा सहजै प्राप्त गर्न सक्ने जनाइएको छ । यो कर्जाका लागि कुनै पनि निवेदन दिन र कानुनी कागजात गरिरहनुनपर्ने बैंकले जनाएको छ । 

ग्राहकलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न यो सुुविधाबाट अधिकतम लाभ प्राप्त हुने बैंकले विश्वास व्यक्त गरेको छ । विनाधितो, विनाकागजी प्रक्रिया, विनाबैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिनेजस्ता विशेषताले गर्दा यो सेवा लोकप्रिय हुने बैंकको भनाइ छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकको वित्तीय आवश्यकता डिजिटल च्यानलका माध्यमबाट प्रदान गरिरहेको जनाएको छ । यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्युआर कोड स्क्यान गरी खाताबाट रकम झिक्ने सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरिसकेको जनाइएको छ । बैंकले देशभरमा १ सय ६८ शाखा, १ सय ११ एटिएम र १ सय ९ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।