१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १८ मंगलबार १२:११:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

वरिष्ठ अर्थशास्त्री डा. थापाको कोरोनाबाट निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १८ मंगलबार १२:११:००

वरिष्ठ अर्थविद् डा. गोविन्दबहादुर थापाको कोभिड– १९ संक्रमणका कारण निधन भएको छ । डा. थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान ६:३० को समयमा निधन भएको हो ।

कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको नाैमहिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए ।

थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रूपमा समेत काम गरेका थिए । थापाले लामो समयदेखि नेपाली अर्थतन्त्रबारे राष्ट्रिय स्तरका पत्रपत्रिका र अनलाइन माध्यममा निरन्तर कलम चलाउँदै आएका थिए ।

अब्बल वामपन्थी अर्थशास्त्री थापा पछिल्लो समय भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक कार्यमा आबद्ध थिए । कास्कीका स्थायी बासिन्दा उनी हाल भने राजधानीको बसुन्धरामा बस्दै आएका थिए । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।