१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा सातै प्रदेशमा सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२६:oo

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सातवटै प्रदेशका आस्पताल तथा आइसोलेसन केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषअन्तर्गत सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रलाई ७ लाख रुपैयाँका दरले सहयोग गरेको हो । 

देशमा फैलिरहेको कोभिड–१९ को दोस्रो लहरका रूपमा आएको महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरूलाई प्रतिअस्पताल–आइसोलेसन केन्द्र ७ लाख रुपैयाँका दरले ४९ लाख रुपैयाँ सहयोग गरेको बैंकले जनाएको छ । सहयोग पाउने अस्पताल तथा आइसोलेसन केन्द्रमा प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बागमती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपालिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताल रहेको जनाइएको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी समय–समयमा विभिन्न संघ–संस्थालाई सहयोग गर्दै आएको जनाइएको छ । यसैक्रममा कोभिड–१९ को संक्रमणबाट उत्पन्न विषम परिस्थितिमा तिनै तहका सरकारबाट रोकथाम, नियन्त्रण र उपचारमा भएको पहलकदमीको सराहना गर्दै हातेमालो गर्ने निर्णयस्वरूप सहयोग गरेको बैंकले जनाएको छ । 

ad
ad