मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रमेश रावल वीरेन्द्रनगर
Invalid date format १३:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेट अधिवेशन बोलाउन एमालेको माग

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
Invalid date format १३:१२:oo

नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलले कर्णाली प्रदेश सरकारलाई बजेट अधिवेशन बोलाउन माग गरेको छ । एमाले संसदीय दलले आर्थिक वर्ष ०७८/७९ का लागि बजेट अधिवेशन बोलाउन माग गरेको हो । 

असार १ गतेभित्र  प्रदेश सरकारले बजेट ल्याउनुपर्ने भएका कारणले तत्काल बजेट अधिवेशन बोलाउन कर्णाली प्रदेश सरकारले कुनै चासो नदेखाएका कारणले तत्काल बजेट अधिवेशन बोलाउन संसदीय दलको बैठकले निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गुलावजंगले शाहले बताए । ‘बजेट आउनुअगाडिका केही प्रक्रियाहरू हुन्छन्,’ उनले भने, ‘बजेटका विषयमा संसदमा अगाडि केही विषयमा छलफल गर्नुपर्ने हुन्छ । त्यसले बजेटको विषयमा छलफल गर्नका लागि अधिवेशनको माग गरेका हौँ ।’

बजेट आउनुभन्दा अगाडि प्रि–बजेटका विषयमा संसदीय दलमा छलफल गर्नुपर्ने व्यवस्था भएको त्यस विषयमा पनि कर्णाली प्रदेश सरकारले कुनै चासो नराखेको शाहले बताए । कर्णाली प्रदेश सरकारले  तत्काल संसद् अधिवेशन बोलाउन नचाहेका कारणले संसद् अधिवेशन बोलाउन ध्यानाकर्षण गरिएको शाहले बताए ।