१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ १० सोमबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ १० सोमबार o८:४६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्वास्थ्यकर्मीका लागि नेपाल टेलिकमको अफर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ १० सोमबार o८:४६:oo

कोभिड– १९ को महामारीमा अग्रपंक्तिमा रही बिरामीको सेवामा खटिने चिकित्सक, नर्स, फार्मेसिस्टलगायतका स्वास्थ्यकर्मीका लागि नेपाल टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी’ नामक अफर ल्याएको छ । कम्पनीले उनीहरूको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्ने उद्देश्यले ल्याएको अफरसम्बन्धी सम्झौतामा नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिस्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर भएको हो ।   

अफरअन्तर्गत देशभरका स्वास्थ्यकर्मीले प्रयोग गरिरहेको आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड–प्रिपेड सिमकार्डमा १ महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने जनाइएको छ । स्वास्थ्यकर्मीले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल पनि निःशुल्क गरिने कम्पनीले जनाएको छ । पोस्टपेड मोबाइलमा भने नियमानुसार लागू हुने रेन्टल चार्ज कायमै रहने उल्लेख छ । 

स्वास्थ्यकर्मीको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषद्हरू (नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिस्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्)ले आफ्नो लेटरप्याडमा नेपाल टेलिकमलाई उपलब्ध गराएपश्चात् यो अफर उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

स्वास्थ्यकर्मीको आफ्नै नाममा रहेको सिमकार्डमा मात्र उल्लिखित अफर उपलब्ध हुने भएकाले आफ्नो नाममा कम्पनीको सिमकार्ड नहुने स्वास्थ्यकर्मीले नयाँ सिमकार्ड लिनका लागि सम्बन्धित परिषद्को आधिकारिक लेटरप्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनुपर्ने कम्पनीले जनाएको छ ।

यसबाहेक स्वास्थ्यकर्मीको सम्बन्धित परिषद्को परिचयपत्रका आधारमा नयाँ सिमका लागि नियमानुसार फाराम भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिने जनाइएको छ । यसरी प्राप्त गरिने नयाँ सिममा अफर समावेश हुने जनाइएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको यो अफर महामारीको अवस्थाअनुसार थप हुन सक्ने कम्पनीले जनाएको छ ।