१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
दिपेश शाही काठमाडौं
२o८१ जेठ ५ शनिबार २१:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महन्थ–राजेन्द्रसहित चार नेतालाई स्पष्टीकरण सोध्ने जसपाको निर्णय

Read Time : < 1 मिनेट
दिपेश शाही, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २१:५१:oo

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी निर्णयविपरीत प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटन गर्ने असंवैधानिक कदमलाई साथ दिएको भन्दै जसपाले चार नेतालाई पहिलो चरणमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले बहुमत सदस्यको उपस्थितिमा बसेको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई ओलीका प्रतिगामी कदममा साथ दिनुको कारणबारे स्पष्टीकरण सोध्ने निर्णय भएको बताए । ‘बैठकले असंवैधानिक कदमविरुद्धको अन्य दलहरूसँग मिलेर संघर्ष गर्ने निर्णयलाई पारित गरेको छ । साथै पार्टी निर्णयविपरीत प्रधानमन्त्रीको प्रतिगामी कदममा साथ दिने पार्टीका चारजना नेतालाई पहिलो चरणमा स्पष्टीकरण सोध्ने निर्णय गरेको छ,’ राईले भने । उनले थप अन्य नेताहरूसँग पनि छलफल गर्ने र साेही अनुसार निर्णय लिने बताए ।

पार्टीभित्र विवाद रहेको जसपाको केन्द्रीय कार्यकारिणी समितिका ३१ जना सदस्यहरू बैठकमा उपस्थित भएको राईले जानकारी दए । जसपामा ५१ जनाको केन्द्रीय कार्यकारिणी छ । सत्तासमीकरणका विषयमा प्रधानमन्त्री ओलीलाई साथ दिने विषयमा एकमत हुन नसक्दा जसपाभित्र लामो समयदेखि अन्तरविरोध चर्किरहेको छ । पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष ओलीविरुद्धको गठबन्धनमा सहभागी भइरहेका छन् भने अर्का अध्यक्ष ठाकुरलगायत नेताहरू ओलीको पक्षमा लागिरहेका छन् । 

उनीहरूले साथ दिएकै कारण ओलीले संसद् विघटन गरेको निष्कर्ष जसपाको केन्द्रीय कार्यकारिणी समितिले निकालेको छ । यस्तै, शनिबार बिहान अन्य पाँच दलसँग भएको सहमतिअनुसार संसद् विघटनविरुद्ध कानुनी र राजनीतिक प्रतिवादमा उत्रिने जसपाको निर्णय छ ।

ad
ad