१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्राधिकरणका कर्मचारीद्वारा नयाँ विद्युत् व्यापार कम्पनीको  विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:o१:oo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नयाँ विद्युत् व्यापार कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले विरोध गरेका छन् । प्राधिकरणका तीन कर्मचारी संगठनले प्राधिकरणअन्तर्गत नै नेपाल विद्युत् व्यापार कम्पनी नामक सहायक कम्पनी हुँदाहुदै नयाँ कम्पनी आवश्यक नभएको उल्लेख गरेका छन् । निजी क्षेत्र हाबी हुने गरी स्थापना हुने कम्पनीले विद्युत् व्यापार अघि बढाउँदा प्राधिकरण मात्र नभई देशको ऊर्जा क्षेत्र नै थप अनिश्चिततातर्फ धकेलिने कर्मचारी संगठनहरूले कार्यकारी निर्देशकलाई ध्यानाकर्षण गराएका छन् । 

तर, इन्फ्रास्ट्रक्चर बैंकले भने स्थापनाको प्रक्रियामा रहेको विद्युत् व्यापार कम्पनी कुनै व्यक्ति वा समुहको हितमा नभएको उल्लेख गरेको छ । बुधबार विज्ञप्ति जारी गरी नयाँ कम्पनी समग्र देशको पूर्वाधारको दिगो विकास तथा सम्पूर्ण सेयरधनीमा लक्षित भएको उल्लेख गरेको छ ।

चालू आर्थिक वर्षमा विद्युत् उत्पादन २ हजार ३ सय मेगावाट पुग्ने भए तापनि विद्युत्को माग अझै पनि करिब १ हजार ५ सय मेगावाटको हाराहारीमा छ । यस्तो अवस्थामा विद्युत्को व्यापार तथा ट्रान्समिसन लाइनको निर्माणमा निजी क्षेत्रको संलग्नता आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । 

ad
ad