१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसले कोभिड संक्रमितको उपचारका लागि आफ्ना भवन उपलब्ध गराउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:o१:oo

कोभिड– १९ बाट संक्रमितहरूले बेड नपाएर मृत्युवरण गरिरहनुपरेको भन्दै कांग्रेसले देशैभरि रहेका आफ्ना कार्यालय भवनहरू प्रयोग गर्न आग्रह गरेको छ । कांग्रेसका ४० भन्दा बढी जिल्लाका सभापतिहरू सम्मिलित भर्चुअल संवादबाट जिल्ला सभापतिहरूले आफ्ना कार्यालयका भवनहरू कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर उपलब्ध गराउने निर्णय गरेको हो ।

‘संक्रमितले अस्पतालमा बेड पाएका छैनन्, चिकित्सकले घरघरै गएर उपचार गर्ने सम्भव छैन,’ कांग्रेस झापाका सभापति उद्धव थापाले भने, ‘बिरामी घरमा उपचार नपाएर छटपटाएर मर्नुपर्ने अवस्था हेरेर बस्न सकिँदैन, बरु हाम्रा पार्टी कार्यालयहरू प्रयोग गरियोस्, आइसोलेसन सेन्टर बनाइयोस् र संक्रमितको उपचारको व्यवस्था मिलाइयोस् ।’ थापाले झापाका पार्टीका कार्यालयहरू स्थानीय तहलाई आवश्यकताअनुसार प्रयोग गर्न सक्ने गरी हस्तान्तरण गरिरहेको बताए । 

जिल्ला सभापतिहरूले सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि काम गर्न नसकेको भन्दै कांग्रेसले त्यसका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुपर्ने माग गरेका छन् । यस्तै, कांग्रेसका तर्फबाट छुट्टै कोष खडा गरी संक्रमितको उपचार र राहतको व्यवस्था गर्न पनि माग गरेका छन् ।
 

ad
ad