मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ ४ मंगलबार १०:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली राजमार्गमा जिप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

Read Time : < 1 मिनेट
२०७८ जेठ ४ मंगलबार १०:२६:००

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको  बा.२०च ७१५ नम्बरको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुल्लु नगरपालिका– ३ कर्णाली राजमार्गको सियालामा जिप दुर्घटनामा परी जुम्लाको गुटिचौर गाउँपालिका– ४ का जिपचालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर– २ की २७ वर्षीया लक्ष्मी न्यौपानेको घटनास्थलमै मृत्यु भएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।  

मंगलबार बिहान साढे ६ बजे ब्रेक फेल भई जिप कर्णाली राजमार्गबाट करिब पाँच सय मिटर तल भिरमा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकाकाे उद्धारकै क्रममा मृत्यु भएको र घटनाको प्रारम्भिक अनुसन्धान कार्य सुरु गरिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् । 

दुर्घटनालगत्तै उद्धारका लागि पाल्तडाबाट प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ ।