१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १७:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुटपाट आरोपमा हतियारसहित दुई पक्राउ 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १७:४७:oo

सर्लाही प्रहरीले लुटपाट आरोपमा हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । सवारीचालक र सहचालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका– ५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय सुरेन्द्र सदालाई पक्राउ गरेको हो । 

उनीहरूले गत २६ वैशाखको राति ईश्वरपुर नगरपालिका– ४ स्थित पूर्व–पश्चिम लोकमार्गमा हतियार देखाएर दुईवटा ट्रक र एउटा पिकअप भ्यानका चालक र सहचालकबाट नगद ३७ हजार, सुनको हनुमानी एकथान, विभिन्न कम्पनीका पाँच थान मोबाइल र अन्य सरसामानसमेत लुटपाट गरेका थिए ।

पीडितको उजुरीको आधारमा प्रहरीले घटनालगत्तै उनीहरूको खोजी तीव्र पारेको थियो । सोही क्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । 

प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग गरेको एक थान नलकटुवा पेस्तोल, त्यसमा लाग्ने गोली दुई राउन्ड, बिआर ३० यू ७७७३ भारतीय नम्बर प्लेट भएको मोटरसाइकल एक थान, सुनको हनुमानी एक थान, मोबाइल दुई थानलगायत बरामद गरेको छ । 

पक्राउ परेका दुवैजनाविरुद्ध डाका मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको कुँवरले जानकारी दिए । पछिल्लो समय जिल्लाको पूर्व–पश्चिम लोकमार्गमा अवैध गतिविधि बडेको आशंकामा प्रहरीले रातको समयमा समेत गस्ती बढाएको जनाएको छ ।