१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
लक्ष्मण   खनाल यूएई
२०७८ जेठ १ शनिबार १२:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एनआरएनएको पहलमा पाँच सय ५० सिलिन्डर नेपाल पठाउँदै 

Read Time : < 1 मिनेट
लक्ष्मण   खनाल यूएई
२०७८ जेठ १ शनिबार १२:५४:००

खाडी राष्ट्रहरूमा कार्यरत श्रमिकहरूले ७५ लाख रुपैयाँबराबरको अक्सिजन सिलिन्डरको सहयोग गरेका छन् । युएई, ओमान, कतार, साउदी अरब, कुबेत र बहराइनलगायत मुलुकहरूमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समितिहरूले त्यहाँ कार्यरत श्रमिकहरूसँग चन्दा संकलन गरी पाँच सय ५० सिलिन्डर नेपाल पठाउन लागिएको हो ।

एनआरएनएले ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानका साथ आर्थिक संकलन गरेको हो । एनआरएनए मध्यपूर्वको सक्रियतामा एनआरएनए ओमानको संयोजनमा ओमानमा ७५ लाख रुपैयाँबराबरको सिलिन्डर खरिद गरिएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत शनिबार बेलुकासम्म अक्सिजन सिलिन्डर नेपाल आइपुग्नेछ । ढुवानीको व्यवस्था नेपाल सरकार आफैँले गरेको छ ।

नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक कैयौँले ज्यान गुमाउनुपरिरहेको अवस्थाले गर्दा यस क्षेत्रमा कार्यरत श्रमिकहरूले श्वतस्फूर्त रूपमा आर्थिक सहयोग गरेको मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीले बताए । 

त्यसैगरी, एनआरएनएले चीनबाट खरिद गरेको १७० अक्सिजन कन्सन्ट्रेटर केही दिनमा नेपाल पुग्दै छ । यसका लागि एक करोड ३७ लाख रुपैयाँ खर्च लाग्ने एनआरएनएले जनाएको छ ।

एनआरएनए अस्ट्रेलियाले एक करोड रुपैयाँ र एनआरएनए अमेरिकाले ६० लाख रुपैयाँबराबरको सहयोग जुटाउने अभियान सुरु गरेका छन् । अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरूबाट १५ लाख रुपैयाँबराबरको अक्सिजन सिलिन्डर नेपालको विभिन्न अस्पतालमा वितरण गरिसकिएको महासचिव हेमराज शर्माले जानकारी गराए ।