१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गण्डकी प्रदेश सभा सदस्य थापालाई जनमोर्चाको कारबाही, संसदीय दलको नेताबाट हटाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:३८:oo

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । जनमोर्चाका महासचिव मनोज भट्टले  थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए । थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको र यस विषयमा संसद् सचिवालयलाई जानकारी दिएको उनले जानकारी दिएका हुन् ।
 सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि सांसद पदबाट भने निलम्बन गरिएको छैन । पार्टीका आफ्नै प्रक्रिया हुने भन्दै यसपछि के कारबाही हुन्छ भन्ने कुरा अहिले नै बताउन नमिल्ने उनले बताए ।

प्रदेश सभामा तीन सदस्य रहेको राजमोका पियारी थापा र खिमविक्रम शाहीले विपक्षी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी गठबन्धनले मुख्यमन्त्रीको रूपमा अगाडि सारिएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा हस्ताक्षर गरिसकेका छन् ।

 सांसद कृष्ण थापाले भने उनको पक्षमा हस्ताक्षर गर्न इन्कार गरेसँगै बिहान स्पष्टीकरण सोधेको राजमोले दिउँसो संसदीय दलको नेताबाट हटाएको हो । 

राजमोले थप कारबाहीको बारेमा नबताए पनि कृष्ण थापालाई निलम्बनको प्रक्रिया अगाडि बढाएको र
संसद् सदस्यबाट नै हटाउने आफूहरूलाई आश्वासन दिएको गठबन्धन दलका एक नेताले नयाँ पत्रिकालाई बताएका छन् । त्यसो गर्दा ६० सदस्यीय गण्डकी प्रदेश सभामा ५९ सांसद हुने र ३० सांसदको साथ पाउँदा  विपक्षी गठबन्धनलाई बहुमत पुग्ने ती नेताको दाबी छ । 

 

 

ad
ad