१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
कोरोना संक्रमितको शव व्यवस्थापनका निम्ति एम्बुलेन्समा बोकेर लगिँदै
२o८१ बैशाख ३० आइतबार ११:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बिरामी बोक्ने एम्बुलेन्सले शव बोेकेपछि ...

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:१८:oo

गत सोमबार धौलागिरी अस्पतालमा कोरोना संक्रमणबाट ३० वर्षीया एक महिलाको मृत्यु भयो । उनको शव नेपाल रेडक्रस सोसाइटी बाग्लुङ शाखाको एम्बुलेन्समा राखियो र व्यवस्थापनका लागि कालीगण्डकी किनारामा लगेर अन्येष्टि गरियो । बिहीबार पनि अस्पतालमा दुईजनाको कोरोना संक्रमणकै कारण मृत्यु भयो । ती दुवै शव व्यवस्थापनका निम्ति पनि शववाहन भएन । यो समस्या बाग्लुङमा पहिलो हाेइन । विगतदेखि नै हो । गत पुसमा पनि कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन एम्बुलेन्समा नै राखेर गरिएको थियो । 

जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएको छ । उपचारपछि संक्रमणबाट मृत्यु भएकालाई अन्तिम संस्कारका लागि लैजान शववाहन आवश्यक पर्छ । जिल्लामा  एउटा पनि शववाहन नहुँदा मृत्यु भएकालाई बिरामी बोक्ने एम्बुलेन्समा बोकेर व्यवस्थापन गर्न बाध्यता भएको छ । शव बोकेपछि यसलाई पूर्ण रूपमा निर्मलीकरण नगरेसम्म अन्य बिरामीका लागि एम्बुलेन्स प्रयोग गर्न मिल्दैन । 

नेपाली सेनाले शव व्यवस्थापनको जिम्मेवारी लिए पनि सेनासँग पनि शववाहन नहुँदा एम्बुलेन्सको भर पर्नुपर्ने अवस्था रहेको छ । संक्रमित बोक्ने एम्बुलेन्समा नै शव राखेर अन्तिम दाहसंस्कारका लागि लैजाने गरिएको छ । यसो गर्दा सामान्य बिरामीले एम्बुलेन्स प्रयोग गर्न पाउने छैनन् । 

‘एम्बुलेन्स शव बोक्ने साधन हाेइन, बिरामी बोक्ने साधन हो । यसका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्छ  । नेपाल रेडक्रस सोसाइटी बाग्लुङ शाखाका उपसभापति राजेन्द्र आचार्यले भने,‘रेडक्रसले एम्बुलेन्समा शव बोक्न मिल्दैन भनेर बारम्बार प्रशासन र सरोकारवाला निकायसँग पनि आग्रह गरेको छौँ । अहिले बाध्यताले एम्बुलेन्समा शव बोक्नुपर्ने अवस्था छ । प्रशासनले छिट्टै व्यवस्थापन गर्छाैँ भनेको थियो । तर, अहिलेसम्म कुनै व्यवस्थापन भएको छैन ।’ 

जिल्लामा एउटा शववाहनको आवश्यकता रहेको हुँदा अस्पताल प्रशासन वा स्थानीय तहले यसको व्यवस्थापन गर्न आवश्यक रहेको आचार्यले बताए । जिल्लामा शववाहन नहुँदा एम्बुलेन्समा शव बोक्नुपर्ने बाध्यता भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की बताउँछन् ।

एम्बुलेन्समा विशेषगरी कोभिड संक्रमणबाट मृत्यु भएकाको व्यवस्थापनका निम्ति शव बोकिएको छ । ‘जिल्लाका कुनै पनि स्थानीय तहमा शववाहन नहुँदा यो बाध्यता भएको हो’, प्रमुख जिल्ला अधिकारी कार्कीले भने, ‘बाग्लुङ नगरपालिकाको समन्वयमा धौलागिरी अस्पतालमा शववाहन खरिदको प्रक्रिया अगाडि बढेको छ  अब छिट्टै नै व्यवस्था हुन्छ । शववाहन नआउन्जेल हामी अन्य कुनै गाडी व्यवस्थापन गर्ने निर्णय गरेका छौँ । अबको दिनमा एम्बुलेन्समा शव बोक्ने काम बन्द हुन्छ ।’ 
     
बाग्लुङमा शववाहनक लागि नगरपालिकाले दुई वर्षदेखि खरिद गर्न योजना बनाए पनि यस आर्थिक वर्षमा खरिदको प्रक्रिया अगाडि बढेको बाग्लुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए ।   

 

ad
ad