१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ बैशाख २४ शुक्रबार १६:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीको कञ्चनरूप नगरपालिकाले बनायो ३० बेडको आइसोलेसन र होल्डिङ सेन्टर 

Read Time : < 1 मिनेट
२०७८ बैशाख २४ शुक्रबार १६:१४:००

सप्तरीको कञ्चनरूप नगरपालिकामा जिल्लाका १८ पालिकामध्ये सबैभन्दा पहिले होल्डिङ सेन्टर र ३० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । कञ्चनरूप नगरपालिकाले अक्सिजनसहित ३० बेडको आइसोलेसन र सर्वोदय माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हाे ।

शुक्रबार सप्तरीको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवसहितकाे टिमले उक्त होल्डिङ सेन्टर  र आइसोलेसन सेन्टरको निरीक्षण गरेका छन् ।निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले कञ्चनरूप नगरपालिकाले उदाहरणीय काम गरेको बताउँदै अरू नगरपालिकाले पनि सिक्नुपर्ने बताए ।  

यसअघि भारतबाट आएका नेपाली सोझै घर पुग्ने गरेका थिए । कञ्चनरूप नगरपालिकामा गत वैशाख १९ गते भारतबाट आएका ६ जनामा ऐन्टिजेन विधिबाट परीक्षण गर्दा तीनजनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले तत्काल होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो ।

कञ्चनरूप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले भने, ‘अब बाहिरबाट आएकाहरू सीधै घरमा गएर बस्न पाउँदैनन् । होल्डिङ सेन्टरमा होल्ड गरेर जाँचपछि नेगेटिभ आएकाहरूलाई घर पठाउने र संक्रमितहरूलाई अवस्था हेरेर उपचार गर्नेछौँ ।’