१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गरिने    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:o८:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ का संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गरिने जनाएको छ । मन्त्रालयले संक्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारबाही गर्ने भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालबारे मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारबाही गरिने बताए ।

‘महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी  विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक बढी शुल्क लिनेलगायतका गैरकानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्न–नगराउन हुन सचेत गराइन्छ ।’     रासस

ad
ad