संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारी गर्दै सांसद लगायत बैठकमा आवश्यक सम्पुर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परीक्षणका लागि स्वाव संकलन कार्य सुुरु गरेको छ । स्वाव संकलनका लागि सचिवालयले आज बुधबार र भोली बिहीबारका लागि तालिका नै सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिका अनुसार आज प्रतिनिधिसभाका सभामुख, सांसदहरु, महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरुको, संघीय संसद सचिवालयका कर्मचारीहरु तथा सभामुखको निजी सचिवालयमा कार्यरत कर्मचारीहरुको स्वाव संकलत गरिने छ । नयाँवानेश्वर स्थित संघीय संसदको सचिवालयको लोत्से हलमा स्वाव संकलन जारी छ ।
लोत्सेहल पुगी सभामुख अग्नि सापकोटाले स्वाव दिइसकेका छन् । त्यसैगरी सांसदहरु पनि स्वाब दिनका लागि संघीय संसद भव नयावानेश्वर पुगेका छन् । बुधबार बिहान १० बजेबाट सुरु स्वाब संकलनका केही दृश्य :