मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २१ मंगलबार ०९:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम ७ अर्ब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २१ मंगलबार ०९:००:००

सोमबार सेयर बजारमा सामान्य करेक्सन भएको छ । बजार सुरुवात ‘टेक एन्ड ब्रेक’मै रहेको भए पनि कारोबारको अन्तिम समयमा करेक्सनमा बन्द हुन पुगेको हो । आइतबार सेयर बजार बढेर उत्साहित भएका लगानीकर्ताले सोमबार आफ्नो नाफा बुक गर्नतर्फ लाग्दा बजार घट्न पुगेको विश्लेषकहरू बताउँछन् । तर, बजार घटे पनि कारोबार बढेको हुँदा बजार सही दिशामै रहेको मानिन्छ । 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १६ कम्पनीको १ करोड ५९ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ७ अर्ब ५२ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । 

यस दिन सबैभन्दा धेरै करोबार हुनेमा अपि पावर कम्पनी रहेको छ । कम्पनीको ३९ करोड ३५ रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको २९ करोड ७४ लाख रुपैँयाको कारोबार भएको छ । त्यस्तै, कारोबार हुनेमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सो दिन २८ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन नेप्से परिसूचक १२ दशमलव ३६ अंकले घटेर २ हजार ६ सय दशमलव ७५ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ६९ अंकले घटेर ४ सय ७५ दशमलव १२ बिन्दुमा पुगेको छ । लगानीकर्ताले नाफा बुकमा राख्दा बजार घट्न पुगेको हो ।

यस दिन कारोबारमा आएका दुईवटा समूहको सूचक मात्र सकारात्मक रहेको छ भने बाँकी रहेको समूहको सूचक नकारात्मक रहेको छ । सकारात्मक रहने सूचीमा माइक्रो फाइनान्स लगानीगत समूह रहेको छ ।

पाँच कम्पनीको नाफा उच्च
पाँच कम्पनीको नाफा सबैभन्दा उच्च रहेको छ । यस दिन विशाल बजार कम्पनी, नेसनल माइक्रो फाइनान्स वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, एनगडी ग्रुप पावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा नाफा कमाएका छन् ।

यी कम्पनीले करिब १० प्रतिशतले सर्किट मूल्य कारोबार भई उच्च नाफा कमाएका हुन् । विशाल बजार कम्पनीको प्रतिसेयर ६ हजार १ सय ६८ रुपैयाँ पुगेको छ भने नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाको ३७ सय रुपैयाँ पुगेको छ । त्यस्तै, महिला लघुवित्त वित्तीय संस्थाको ३७ सय ८० रुपैयाँ पुगेको छ । 

यस्तै, यसै दिन दोस्रो कारोबारमा आएको रुरु जलविद्युत् परियोजनाको पहिलो कारोबारमै ७ दशमलव ८७ प्रतिशतले बढेर ३ सय ८४ रुपैयाँ  पुगेको छ । सबैभन्दा धेरै घट्नेमा हिमालयन ऊर्जा कम्पनी रहेको छ । कम्पनीको सो दिन ३ दशमलव ५८ प्रतिशतले घटेको छ । रसुवागढी हाइड्रोपावर कम्पनी ३ दशमलव ३४ प्रतिशतले 
घटेको छ ।