
कामना सेवा विकास बैंक लिमिटेडकोे ऋणपत्र केएसबिबिएल डिबेन्चर, २०७८ ले अन्तर्राष्ट्रियस्तरको परिचय अंक इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइएसआइएन) प्राप्त गरेको छ । १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको डिबेन्चरले आइएसआइएन प्राप्त गरेको हो ।
विकास बैंकले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियमबमोजिम सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरणसमेत गरिएको जनाएको छ ।
गत माघ २२ गते निष्कासन तथा बिक्री खुला गरिएको ऋणपत्रले वैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको जनाइएको छ । उक्त परिचय अंक अन्तर्राष्ट्रियस्तरमा ऋणपत्र, बन्ड, स्टक आदिजस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।