१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कांग्रेस नेताहरूको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:५१:oo

कांग्रेसका नेताहरूको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कांग्रेसले सोमबार केन्द्रीय कार्यालयबाट एक सय ५९ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गराएको थियो । त्यसमध्ये एक सय ३१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अब २८ जनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालय सचिव प्रेम केसीले जानकारी दिए । 

समसामयिक राजनीतिक विषयहरू र पार्टीको १४औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बुधबार कांग्रेसको केन्द्रीय समितिको बैठक बोलाइएको छ । 

बैठकको सिलसिलामा पार्टी कार्यालयमा भिड जम्मा हुँदा संक्रमणको जोखिम हुने भएकाले सम्भावित जोखिम कम गर्न पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी र नेताका सचिवालयमा कार्यरत नेताहरूको एकैपटक पिसिआर टेस्ट गराएको हो । कोरोना परीक्षणकै लागि सोमबार २ बजेका लागि बोलाएको बैठक स्थगित गरेको थियो । 
 

ad
ad