१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format o९:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ग्लोबल एनआरएन सिंगिङ आइडलको डिजिटल अडिसन सात दिन थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१३:oo

ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को डिजिटल अडिसन पठाउने समय एक साता मात्रै बाँकी रहेको आयोजक संस्थाले जनाएको छ । आइडलमा सहभागी हुन चाहनेले आफूले गएको दुई मिनेटको गीतको भिडियो रेकर्ड गरेर आगामी २० अप्रिलसम्ममा पठाउनु पर्नेछ । 

सिंगिङ आइडलको आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीले प्रतियोगीहरूको सुझाबअनुसार समय थपेको बताए । रेग्मीले एक साताभित्रै ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’मा सहभागी हुन चाहनेहरूलाई भिडियो पठाउन अपिल गरे ।

सबै क्षेत्रको सुझाबका आधारमा अडिसनको मिति थप गरिएको र आगामी शुक्रबार (३० अप्रिल) सम्म डिजिटल अडिसन रहने उनको भनाइ छ । ‘संगीत साधनामा लागेका सबै युवालाई मेरो अनुरोध छ, सकेसम्म चाँडै भिडियो पठाएर ग्लोबल एनआरएन सिंगिङ आइडलमा सहभागी हुनुहोला, यो प्रतिस्पर्धाले गायन क्षेत्रमा तपार्इंको नवीन यात्रा प्रारम्भ हुनेछ,’ रेग्मीले भने ।

सिंगिङ आइडलका विजेताले सात लाख रुपैयाँ पाउनेछन् । यसअघि प्रथम पुरस्कारको राशि दुई लाख रुपैयाँ तोकिएको थियो । यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौँ पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्रान्ड फिनालेमा प्रवेश पाउने पाँचजना प्रतियोगीलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिनेछ ।