१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ २ बुधबार १८:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

जो कोरोनाबाट बच्न स्वदेश फर्किए तर, बाँचेनन् 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:o५:oo

कञ्चनपुरमा एकै दिन कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ । शनिबार एकै दिन दुईजनाको मृत्यु भएपछि जिल्लाका लागि खतराको घण्टी बजेको छ । भारतबाट रोजगारी गुमाएर स्वदेश फर्किएका भीमदत्त नगरपालिका १८ भगतपुरका ४० वर्षीय पुरुषले महाकाली अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए  । 

भारतको इन्दौरमा कार्यरत ती युवक एक साताअघि मात्रै मातृभूमि फर्किएका थिए । कोरोनाबाट बाँच्नका लागि मातृभूमि फर्किएका पुरुषलाई कोरोनाले नै ज्यान लिएको छ । मृतकको घरपरिवारलाई समेत संक्रमण भए पनि उपचारका लागि महाकाली अस्पतालमा रहेका छन् । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले संक्रमित पुरुषलाई भेन्टिलेटरमै राखेर उपचार गराउँदा गराउँदै ज्यान गुमाए, ‘अध्यक्ष जोशीले भने, ‘उपचारमा हदैसम्मको प्रयास गर्दा पनि बाँचेनन, यो दुःखद विषय भयो ।’ 

भारतबाट फर्किएपछि घरमै बसेका ती पुरूष श्वासप्रश्वासको समस्या देखिएपछि महाकाली अस्पतालमा उपचारका लागि गएका थिए । 

भीमदत्त नगरपालिका ४ महेन्द्रनगरकी ५० वर्षीया महिलाले पनि  कोरोनाका कारण ज्यान गुमाएकी छिन् । महेन्द्रनगरकी ती महिलामा निमोनिया, सुगरको समस्या थियो । उपचारका लागि भारतमा लगे पनि उता उपचार गर्न नमानेपछि सेती प्रादेशिक अस्पताल लगिएको मृतकका एक आफन्तले बताए । ‘उनमा पहिलेदेखि समस्या थियो, उपचारका लागि भेन्टिलेटर नै चाहिन्छ, त्यो महाकालीमा सम्भव नभएपछि  हामीले सेतीमा लग्यौँ, त्यहाँ पनि भेन्टिलेटरमा राखिएन, इमर्जेन्सीमा राखियो, ‘मृतक महिलाका आफन्तले भने, ‘अस्पतालमा बिरामीले जब उपचार नै पाउँदैनन्, मृत्युको मुखमा जानु स्वाभाविक हो ।’ 

सरकारले कोरोना उपचार एवं रोकथामका लागि कम्तीमा अस्पतालमा स्रोतसाधन व्यवस्थापन गनुपर्ने भए पनि आधारभूत स्वास्थ्य सेवाको समेत व्यवस्थापन नहुँदा बिरामीले धमाधम ज्यान गुमाउनुपरेको छ । यो सँगै कञ्चनपुर १८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार शनिबार ४६ जना नयाँ संक्रमित फेला परेका छन् ।  महाकाली अस्पतालमा ३२, आइसिएचमा ८२ र कोरोना अस्पताल पूनर्वासमा आठजना उपचारार्थ छन् भने जिल्लाभरि एक सय ४८ सक्रिय संक्रमित छन् । 

ad
ad