मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख १० शुक्रबार १८:४७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा दरबन्दीभन्दा ३७ प्रतिशत कम प्रहरी

Read Time : > 1 मिनेट
२०७८ बैशाख १० शुक्रबार १८:४७:००

दरबन्दीभन्दा ३७ प्रतिशत कम प्रहरी कार्यरत बागमती प्रदेश प्रहरी कार्यालयले जनशक्ति अभाव झेलिरहेको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी जनसंख्या भएको बागमतीमा दरबन्दीभन्दा दुई हजार आठ सय एक कम प्रहरी जनशक्ति मात्र कार्यरत रहँदा लामो समयदेखि अभाव झेलिरहेको हो । 

कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) वसन्तकुमार लामाका अनुसार सात हजार नाै सय ८० जनाको दरबन्दी रहेको बागमती प्रदेशमा हाल पाँच हजार एक सय ७९ कार्यरत छन् । यो संख्या जम्मा दरबन्दीभन्दा ३७ प्रतिशत कम हो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार तीन सय ७७ आमसर्वसाधारणका लागि एकजना प्रहरी खटिनुपर्ने हुन्छ, तर बागमतीमा पाँच सय ८२ बराबर एक प्रहरीले काम गर्नुपर्ने बाध्यकारी अवस्था रहेको लामाको भनाइ छ । 

बागमतीमा हाल तोकिएको एक हजार सात सय २४ अर्थात् २१.६० प्रतिशत दरबन्दी खाली छ । कार्यरत प्रहरीमा चार हजार सात सय २९  पुरुष र चार सय ५० महिला प्रहरी कार्यरत छन् । कार्यालयका अनुसार तीन सय ३३ स्थायी र एक सय २८ अस्थायी  प्रहरी इकाइ सञ्चालित छ ।

बढ्यो अपराध, घट्यो लागूऔषध कारोबार
 बागमतीमा एक वर्ष अवधिमा अपराधको स्थिति बढेको देखिन्छ । कार्यालयले तयार पारेको तथ्यांकअनुसार ०७७ वैशाखदेखि चैतसम्म कर्तव्य ज्यान ६५, आत्महत्या दुरुत्साहन १२, आत्महत्या एक हजार ९९, सवारी ज्यान एक हजार ९९, सवारी ज्यान दुई सय ४०, सवारी अपांग २२, संगठित अपराध एक, लागूऔषध दुई सय १४, ठगी ३८, ज्यानमार्ने उद्योग एक सय १०, सामाजिक सुरक्षाविरुद्धको कसुर ६ सय ५७, जबर्जस्ती करणी तीन सय सात, बालविवाह÷बहुविवाह ८५, बोक्सीको आरोप १२, मानव बेचबिखन ६, जबर्जस्ती उद्योग ८९ वटा रहेका छन् ।

लागुऔषध बरामद संख्या भने घटेको छ । ०७६ मा तीन हजार एक सय १३ केजी गाँजा, दुई सय १७ केजी चरेस, नाै सय ७८ ग्राम अफिम, २१ हजार आठ सय ३६ पिस औषधिजन्य, अन्य विविध सात सय ३७ र चार सय ९८ जना पक्राउ परेका छन् । ०७७ मा दुई हजार पाँच सय ३७ केजी गाँजा, दुई सय २५ केजी चरेस, दुई हजार पाँच सय ९१ ग्राम अफिम, २३ हजार ६ सय ५४ पिस औषधिजन्य लागुऔषध बरामद र चार सय सातजना पक्राउ परेको कार्यालयले जनाएको छ ।

घरेलु हिंसा घटेको दाबी
बागमतीमा घरेलु हिंसा पनि घटेको डिआइजी वसन्तकुमार लामाको दाबी छ । उनका अनुसार ०७६ मा एक हजार तीन सय ५६ प्राप्त निवेदनमा ६ सय ७३ मिलापत्र, एक सय १६ अदालतमा पठाइएको, ६ जना पीडित सम्पर्कमा नआएको र पाँच सय ६१ बाँकी रहेको छ । 

०७७ मा भने एक हजार एक सय ३५ निवेदन प्राप्तमध्ये ६ सय ४८ मिलापत्र, ९८ अदालत पठाइएको, आठ पीडित सम्पर्कमा नआएको र तीन सय ८१ बाँकी रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयले लकडाउनमा दैनिक पाँच हजार सात सय ६६ प्रहरी परिचालन, ६ हजार दुई सय ४६ माथि कारबाही, १४ हजार ६ सय १० सवारीसाधन कारबाही, ५९ विदेशी नागरिकको उद्धार, ३९ हजार एक सय ८१ स्वदेशी मजदुरको उद्धार र पाँच हजार नाै सय ८४ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।