१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
संजित परियार काठमाडाैं
२०७८ बैशाख ८ बुधबार १४:२४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

धरहरामा राखियो ३३० किलोको गजुर (फोटोफिचर)

‘धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ’

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ बैशाख ८ बुधबार १४:२४:००

पुनर्निर्माण सम्पन्न भएको धरहरामा ३३० किलोको गजुर राखिएको छ । मंगलधुन र स्वस्तिक वाचनसहित बुधबार बिहान ८ बजेको साइतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो । 

गजुर तामाबाट बनेको र बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । ‘धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ,’ उनले भने । 

धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रंग लगाउने काम भइरहेको छ । ११ वैशाखमा उद्घाटन गर्ने तयरीस्वरूप अहिले रंगरोगन गर्न लागिएको हो । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मंसिरसम्म कुर्नुपर्नेछ ।