मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ८ बुधबार ०६:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी विकास बैंकका एकैदिन ३ नयाँ शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ८ बुधबार ०६:५२:००

लुम्बिनी विकास बैंक लिमिटेडले एकैदिन ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छि । बैंकले झापाको दमक र बिर्तामोड तथा नवलपुरको कावासोतीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

बिर्तामोड शाखाको उद्घाटन विकास बैंकका अध्यक्ष दशरथ रिसाल तथा उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटीले संयुक्त रूपमा गरेको जनाइएको छ ।

त्यस्तै, दमक शाखाको उद्घाटन विकास बैंकका सञ्चालक केशव खतिवडा तथा दमक नगरपालिका ६ नम्बर वडाका अध्यक्ष टेकबहादुर थापाले संयुक्त रूपमा गरेको जनाइएको छ । कावासोती शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले संयुक्त रूपमा गरेको विकास बैंकले जनाएको छ । 

हाल यस विकास बैंकको शाखा सञ्जाल देशका सातवटै प्रदेशका २९ जिल्लामा पुगिसकेको जनाइएको छ । ०७७ चैत मसान्तसम्ममा विकास बैंकले कुल ३२ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३४ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ ।