१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रले तय गर्‍यो ६ एजेन्डा  (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:o१:oo

नेकपा माओवादी केन्द्रले बैठकका लागि ६ एजेन्डा तय गरेको छ । पार्टी कार्यालय कोटेश्वरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले कार्यसूची तयार परेको हो । 

एजेन्डाको रूपमा रिपोर्टिङ, पार्टी विधान, सङ्गठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय कमिटी बैठक, नयाँ सरकार गठन र वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता तथा विविध तय गरिएको छ । अर्को बैठक बुधबार दिउँसो कोटेश्वरमा बस्ने छ  ।

हठात् अस्वाभाविक ढङ्गले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको भन्दै बैठकले भत्र्सना गरेको छ । 

कोभिड– १९ को दोस्रो लहर देखापरेको भन्दै माओवादीले कोरोना नियन्त्रणमा लाग्न आह्वान गरेको छ । सरकारले आफैँले गरेको निर्णयविपरीत भिडभाड हुने काम गरेको भन्दै माओवादी केन्द्रले निन्दा गरेको छ । 

बैठकपछि नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताका लागि पनि वर्तमान सरकार परिवर्तन आवश्यक रहेको बताए । ओली नेतृत्वको सरकार हटाएर नयाँ सरकार बनाउन पहल भइरहेको उनले बताए । 

संवैधानिक रूपमा निर्वाचन हुने अवस्था बने आफूहरूलाई मान्य हुने उनले बताए । ओली सरकारले निर्वाचन घोषणा हुने, तर निर्वाचन नगर्ने खतरा पनि उत्तिकै रहेको उनले बताए ।

ad
ad