१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
खगेन्द्र भट्टराई
२०७५ फाल्गुण ४ शनिबार १८:५७:००
Read Time : < 1 मिनेट
खेलकुद

उपाधिका लागि सल्यान र रुकुम पश्चिम भिड्ने  

Read Time : < 1 मिनेट
खगेन्द्र भट्टराई
२०७५ फाल्गुण ४ शनिबार १८:५७:००

प्रथम मुख्यमन्त्री कप मुख्यमन्त्री रनिङ्ग सिल्ड भलिबल प्रतियोगिताको उपाधिका लागि सल्यान र रुकुम पश्चिम भिड्ने भएका छन् । शनिबार भएको खेलमा सल्यानले दैलेखलाई र रुकुमले सुर्खेतलाई पराजित गर्दै फाइनलका आफ्नो स्थान सुरक्षित गरेका हुन् । 

शनिबार भएको सेमिफाइनलमा सुर्खेतलाई घरेलु मैदानमा ३–० को सोझो सेटमा पाखा लगाउँदै रुकुम उपाधि नजिक पुगेको हो । समूह चरणको खेलमा रुकुम र हुम्ला तथा सेमिफाइनलमा दैलेखलाई हराएको सल्यान ६ अंकका साथ शिर्षस्थानमा रहेको छ । रुकुम पश्चिम भने समूह चरणको खेलमा एक हार र एक जित निकाल्दै चार अंकका साथ दोस्रो स्थानमा छ । दैलेखलाई ३÷१ को सेटमा पराजित गर्दै सुर्खेतले नगद ५० हजारसहित तेस्रो स्थानमा आफ्नो नाम लेखाएको छ ।

महिलातर्फ उपाधिका लागि कालिकोटले रुकुमको सामना गर्ने भएको छ । जिल्ला खेलकुद विकास समितिको खेलमैदानमा भएको खेलमा कालिकोटले सुर्खेतलाई र रुकुमले दैलेखलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । घरेलु टोली सुर्खेतले दैलेखलाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । शनिबार महिलातर्फको खेलमा कालिकोटले सुर्खेतलाई ३÷२ को सेटमा पराजित गर्दै उपाधिका लागि आफ्नो स्थान सुरक्षित बनाएको हो । 

प्रतियोगिताको उपाधि विजेताले महिला पुरुष दुवैतर्फ समान एक एक लाख रुपैयाँ हात पार्ने छन् । उपविजेताले ७५ हजार हात पर्दा तेस्रो हुनेले ५० हजार पाउने आयोजकले सामाजिक विकास मन्त्रालयले जनाएको छ ।