१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

भेरी अस्पतालमा उपचार पाउन मुस्किल

भर्ना भएका ८२ कोरोना संक्रमितमध्ये ४१ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:o३:oo

नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना भएका ८२ कोरोना संक्रमितमध्ये ४१ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ । दैनिक संक्रमित थपिए पनि जनशक्ति नहुँदा उपचारमा समस्या भएको छ । एकजना स्वास्थ्यकर्मीले एकजना संक्रमितको हेरचाह गर्नुपर्ने स्वास्थ्य मापदण्ड भए पनि ४२ जना स्वास्थ्यकर्मीले ८२ जना बिरामीको उपचार गर्दै आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताए । 

भेरी अस्पतालमा कोरोना संक्रमितका लागि एक सय ४२ बेड व्यवस्थापन गर्ने भनिए पनि एक सय बेड सञ्चालनमा ल्याएको उनले बताए । बेड थप गरिए पनि जनशक्ति अभावका कारण बिरामीको हेरचाह गर्न नसकिएको उनले बताए ।

‘हालको जनशक्तिले थप बिरामीको उपचार सम्भव छैन, तैपनि बिरामीको चापलाई मध्यनजर गरी भर्ना लिइरहेका छौँ,’ डा.थापाले भने । आइसियूमा मात्र २५ जना जनशक्ति खटिँदै आएको उनले बताए । प्रदेश सरकारले भेरी अस्पताललाई चिकित्सकसहित ४२ जना जनशक्ति उपलब्ध गराएको छ । प्रदेश सरकारले पठाएको जनशक्तिले ४२ जनाभन्दा धेरै बिरामी हेर्न सक्ने अवस्था नरहेको थापाले बताए । 

ad
ad