१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ५ आइतबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख ५ आइतबार १६:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली ध्वंसका बाहक, अराजकताको पर्याय हुन् : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख ५ आइतबार १६:३५:oo

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली ध्वंसको बाहक भएको आरोप लगाएका छन् । एमाले काभ्रेको विस्तारित बैठकलाई आइतबार सम्बोधन गर्दै नेपालले आफूहरू निर्माणमा जुटेको जिकिर गरे । नेपालले ओलीलाई अराजकताको पर्याय भएकोसमेत बताए ।

पुराना, त्यागी र इमानदार नेता तथा कार्यकर्ता आफूहरूसँग रहेको भन्दै नेपालले एमालेलाई पुनर्गठन गरेर सशक्त पार्टीको रूपमा स्थापित गर्ने बताए । ओलीलाई त्याग, तपस्या र बलिदान मन नपर्ने भन्दै नेता नेपालले इमानदार नेता तथा कार्यकर्तालाई धोका मात्रै दिएको आरोप लगाए ।

कम्युनिस्ट पार्टी विचारप्रधान हुने भन्दै नेपालले व्यक्ति हेरेर अघि बढ्नेहरूको भविष्य नरहेको बताए । संसारमा राम्रा र नराम्रा मान्छे हुने भन्दै नेपालले ओली सुध्रिनु भनेको बालुवा पेलेर तेल निकाल्नुजस्तै भएको बताए ।

उद्देश्यलाई कहिल्यै पनि ओझेलमा नपर्न सल्लाह दिँदै नेपाले नेता तथा कार्यकर्तालाई जनताको सेवा गर्ने भावनाका साथ अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा नेतृ अष्टलक्ष्मी शाक्यले अराजक प्रवृत्तिविरुद्ध सशक्त ढंगले जुध्नुपर्नेमा जोड दिएकी थिइन् ।