१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थापा गृहमन्त्रीमा पुनः नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१o:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गरेकी छिन् । सांसद पद खारेज भएसँगै स्वतः मन्त्री पद गुमाएका थापालाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिए ।

संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई राष्ट्रपति भण्डारीले मन्त्रीमा नियुक्त गरेको विज्ञप्तिमा जनाइएको छ ।

माओवादी केन्द्रबाट २०७४ को राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट निर्वाचित भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले पदमुक्त गरिएको सूचना संघीय संसद् सचिवालयले आइतबार नै निकालेको थियो ।