मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
Invalid date format १९:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घनश्याम भुसाल भन्छन्– कुर्सीमा टाँस्सिरहने ओलीको तृष्णाले मुलुकमा जटिलता आयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४८:oo

एमाले उपमहासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीको कुर्सीमा टाँस्सिरहने तृष्णाका कारण मुलुकको वर्तमान जटिलता सिर्जना भएको बताएका छन् । बहुमत भएको नेकपालाई विभाजनमा ल्याउने र वाम गठबन्धन भत्काउने अवस्था आउनुमा ओली नै जिम्मेवार भएको उनको भनाइ छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा भुसालले प्रधानमन्त्री ओलीले सरकारमा बस्ने तृष्णा र अहंकार राखेकै कारण मुलुक यो अवस्थामा आइपुगेको आरोप लगाए । संसद् पुनस्र्थापना भएपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर ओली गुटकै अर्को प्रधानमन्त्री बनाएको भए पनि वाम गठबन्धन जोगाउन सकिने अवस्था रहेकोमा त्यसो हुन नसकेको उनले बताए ।

अहिले आफूहरू (खनाल–नेपाल पक्ष) न विभाजन न समर्पणको नीतिमा रहेको पनि उनले बताए । उनले ओलीका कारण उत्पन्न राजनीतिक समस्या समाधानका लागि आफूहरू अन्तर्संघर्षमा होमिएको बताए ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँत्याइदिएपछि २८ फागुनमा ओलीले केन्द्रीय कमिटीको बैठक भनेर विभिन्न निर्णय गरेकै दिनबाट पार्टी विभाजनको रेखा कोरिएको भुसालको तर्क छ । ‘२८ फागुनको ताण्डवनृत्यले यो परिस्थिति ल्याएको हो,’ भुसालले भने, ‘उहाँ (ओली)ले लोकतन्त्रको सीमा भत्काउँदै हुनुहुन्छ, समृद्ध सपनाको लक्ष्मण रेखा भत्काउँदै हुनुहुन्छ, हामी त्यसलाई बचाउन खोज्दै छौँ ।’

उनले दक्षिण एसियामै संगठनका हिसाबले चुस्त रहेको एमालेलाई विभाजन गराउने काम ओलीले गरेको टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीले बिगारेको राजनीतिलाई सुधार गर्न चाहेको पनि बताए । 

७० जिल्लामा कमिटी गठन भइरहेको बताउँदै भुसालले ७७ वटै जिल्लामा सांगठनिक कामले तीव्रता पाउने बताए ।