मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७८ बैशाख २ बिहीबार ०७:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा टिपर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

Read Time : < 1 मिनेट
२०७८ बैशाख २ बिहीबार ०७:४९:००

रसुवामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका गाउँपालिका- १ ग्राङ आधारभूत प्राथमिक विद्यालयका प्रधानाध्यापक २७ वर्षीय राजेन्द्र तामाङ र उनका भाइ २५ वर्षीय सागर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । 

उनीहरूको जिल्ला अस्पताल धुन्चेमा उपचारका क्रममा बिहीबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर कालिका गाउँपालिका- १ का वडाध्यक्ष मालफुर्वा तामाङ घाइते भएका छन् । उनको सदरमुकाम धुन्चेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

गएराति कालिका गाउँपालिका- १ ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिपर पासाङल्हामु सडकको स्याउबारीमा अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।