मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत ३१ मंगलबार १५:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीको सिर्सेनीमा खोलामा डुबेर दुई बालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ चैत ३१ मंगलबार १५:०४:००

गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीमा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । वडा नम्बर १ अग्लुङका पाँचवर्षे सुमन विक र प्युठान गौमुखी गाउँपालिका– ५ खुँगका आठवर्षे गोविन्द विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए । 

बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर उनीहरूको मृत्यु भएको पाण्डेयले बताए । दुवै शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइने उनले बताए । 

प्युठान गौमुखी गाउँपालिका– ५ खुँगकी विष्णु विक छोरा गोविन्दसहित सोमबार माइतीघर सिर्सेनी आएकी थिइन् ।