१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत ३१ मंगलबार
  • Wednesday, 02 July, 2025
रमेश रावल सुर्खेत
२o७७ चैत ३१ मंगलबार १२:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निलम्बित सांसदकाे प्रचण्डलाई प्रश्न– सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्नेले मलाई कारबाही ?

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७७ चैत ३१ मंगलबार १२:o७:oo

एमाले प्रवेश गरेका कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, तर ओली पक्षमा लाग्दा कारबाहीको भागीदार किन हुनुपर्ने ? भनेर प्रश्न गरेका छन् । उनले सार्वजनिक अपिल गर्दै प्रचण्डलाई माओवादीले दिएको समर्थन फिर्ता लिन नसक्नेले आफूहरू ओली पक्षमा लाग्दा कारबाही किन गरिएको भनेर प्रश्न गरेका हुन् । 

‘माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, तर हामीले उनै ओलीलाई सहयोग गर्दा प्रचण्डको कारबाहीको भागीदार हुनुपर्ने ?’ उनले सार्वजनिक अपिलमा भनेका छन्, ‘प्रचण्डले एमालेको  मत लिएर चुनाव जित्न हुने, हामीले चाहिँ एमालेतिर उभिँदा पद छोड्नुपर्ने ?  आफूले एमालेकै  चुनाव चिह्न  सूर्य छातीमा टाँगेर निर्वाचन आयोग र माइतीघर मण्डलामा प्रहसन गर्दा अनुशासन उल्लंघन नहुने, हामीले सूर्यको पक्षमा उभिँदा पार्टी अनुशासन उल्लंघन हुने ? वाह कमरेड ! तपाईंले सर्वाेच्च अदालतमा पुनरावलोकन दर्ता गर्दा नेकपा बनाइदिन अनुनय गर्ने अनि हामीलाई चाहिँ माओवादी बनेनन् भनेर छडी लगाउने ? यो कुन नैतिकता हो कमरेड,’ उनले अपिलमा भनेका छन् । 

दैलेख जिल्लाबाट माओवादी कुनै वेला लखेटिएको र त्यसै क्षेत्रबाट आफू निर्वाचनमा विजयी भएको उनले उल्लेख गरेका छन् । ‘दैलेख त्यस्तो जिल्ला हो, जहाँबाट कमरेड प्रचण्ड र बाबुराम लखेटिएका थिए । त्यस्तो जिल्लामा मेरो नेतृत्वमा हामीले कुशलतापूर्वक निर्वाचनमा सफलता हासिल गरेका थियौँ,’ उनले भनेका छन्, ‘चुनावको दौरानमा द्वन्द्वका बीभत्स घटनाहरूको मैले जिम्मेवारपूर्वक दैलेखी जनतासमक्ष माफी मागेको छु ।’  

उनले पुनः दैलेखबाट निर्वाचन लड्ने र जित्ने दाबी गरे ।