१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चौधरी ग्रुपको लगानी रहेको ‘द फर्न’ भारतमै धेरै चेन विस्तार गर्ने होटेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:३२:oo

अर्बपति विनोद चौधरीको लगानी रहेको सिजी हस्पिटालिटीअन्तर्गतको ‘द फर्न होटेल्स एन्ड रिसोर्टस्’ सर्वाधिक ठूलो हस्पिटालिटी सेवाप्रदायक घोषणा भएको छ । एचभिएस एनारकद्वारा प्रकाशित ‘इन्डियन हस्पिटालिटी ओभरभ्यु २०२०’ अनुसार ‘द फर्न’ ले गत वर्ष भारतमा सबैभन्दा धेरै व्यवसाय विस्तार गरेको हो । सन् ०१९ मा पनि ‘द फर्न’ पहिलो थियो । सिजी कर्प ग्लोबलको सदस्य कम्पनी सिजी हस्पिटालिटीले होटेल तथा रिसोर्ट सञ्चालन गर्छ । 

एचभिएसले गत वर्ष भारतीय होटेल व्यवसायमा आएको उतारचढावबारे पनि अध्ययन गरेको छ । कोरोना महामारीका कारण विश्वभर व्यापार–व्यवसायले घाटा व्यहोरे पनि भारतीय होटेल व्यवसाय क्षेत्रमा केही प्रगति देखिएको छ । दर्ता संख्याका आधारमा गत वर्ष त्यहाँ होटेल व्यवसायमा वृद्धि भएको छ । मध्यमस्तरका होटेल दर्ता तथा सम्झौताका कारण समग्र बजारमा सुधार देखिएको हो । ठूला होटेलले पनि अघिल्लो वर्षभन्दा उल्लेख्य प्रगति गरेका छन् ।

मध्यमस्तरका होटेल भारतमा बढी रुचाइन्छन् । सन् २०२० मा उपलब्ध कोठा संख्याका आधारमा यस्ता होटेलले ४१ प्रतिशत हिस्सा ओगटेका छन् । जहाँ ठूला होटेलको हिस्सा ३७ प्रतिशत र विलासी र सामान्य होटेलको हिस्सा ११–११ 
प्रतिशत छ ।

सन् २०२१ मा थप १३ वटा होटेल खोल्ने योजना कम्पनीको रहेको छ । यससँगै फर्नको चेन संख्या ८७ पुग्नेछ । ती १३ होटेलमा १ हजार १ सय ५६ कोठा थपिएपछि कुल कोठा संख्या ५ हजार २ सय १७ पुग्नेछ । 

एचभिएसको अध्ययनअनुसार व्यवसाय विस्तारमा ‘द फर्न’ पछि म्यारियट, सरोवर होटेल्स, आइएचसिएल र इन्टेली स्टे छन् । कोठा संख्याका आधारमा भने ‘द फर्न’ तेस्रो नम्बरमा छ । आइएससिएलले सर्वाधिक कोठा संख्या विस्तार गरेको छ । दोस्रो नम्बरमा विन्धाम होटेल्स छ । सन् २०२० मा भारतभर ४ हजार ५ सय ३७ कोठा थपिएका छन् । सिजी हस्पिटालिटीले कन्सेप्ट हस्पिटालिटी प्रालिसँगको सहकार्यमा होटेल विस्तार र सञ्चालन गर्दै आएको छ ।

‘भारतकै ठूलो चेन हुन पाउनु गर्वको कुरा हो, यसले हामीलाई उत्साहित बनाएको छ,’ कन्सेप्ट हस्पिटालिटीका सिइओ सुहेल कन्नामपिली भन्छन्, ‘व्यवसायप्रति हाम्रो समर्पण र आबद्ध सबैको परिश्रमले हामीलाई यहाँसम्म पु¥याएको हो । अझै धेरै गर्ने हौसला मिलेको छ ।’

सन् २०२१ मा विभिन्न स्थानमा थप १३ वटा होटेल खोल्ने योजना कम्पनीको रहेको छ । यससँगै फर्नको चेन संख्या ८७ पुग्नेछ । ती १३ होटेलमा १ हजार १ सय ५६ कोठा थपिएपछि ‘द फर्न’ को कुल कोठा संख्या ५ हजार २ सय १७ पुग्नेछ । 
वर्षको सुरुवातमै ‘द फर्न’ले नयाँ सहरहरू जबालपुर, जुनागढ, मुसोरीसँगै उत्तरपूर्वी भारतको गान्तोक (सिक्किम) मा होटेल विस्तार गरिसकेको छ ।

एचभिएसको अध्ययन प्रतिवेदनमा प्रतिक्रिया दिँदै सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले यसबाट आफूहरू अत्यन्त उत्साहित भएको बताए । ‘हामीले लामो समयदेखि भारतमा व्यवसाय विस्तार गरिरहेका छौँ, त्यसको प्रतिफल अहिले पाएका हौँ,’ उनले भने, ‘यद्यपि, पोहोर साल सम्पूर्ण विश्व विभिन्न खाले अवरोधबाट गुज्रियो । त्यस्तो जटिल अवस्थामा पनि हामी सुस्ताएनौँ । सुदूर भविष्य हेरेर काम गरिरह्यौँ । यही उमंगले हामीलाई पहिलो स्थानमा पुर्‍याएको हो ।’

दिगो पर्यटन र पर्यावरण संवेदनशील दर्शनमा टेकेर सिजी हस्पिटालिटीले विश्वभर व्यवसाय विस्तार गरिरहेको चौधरीले बताए । यही मर्म बोकेर हिँडिरहँदा २ सयभन्दा बढी राष्ट्रिय, अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको उनले बताए ।  

ad
ad