मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २८ शनिबार १८:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल प्यानलसहित निर्वाचित (मतसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २८ शनिबार १८:५०:००

नेपाल पत्रकार महासंघमा विपुल पोख्रेल नेतृत्वको प्यानल निर्वाचित भएको छ । पोख्रेल ६ हजार ९४२ मतसहित निर्वाचित भएका छन् । अत्यक्षका अर्का प्रत्यासी निर्मला शर्माले तीन हजार ९१५ र गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत प्राप्त गरेका छन् । उम्मेदवारी फिर्ता लिएर पोख्रेललाई समर्थन गरेका रामप्रसाद दाहालको पक्षमा १५६ मत परेको छ । 

वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायणसुन्दर किलम्बू, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक, एसाेसिएट सचिवमा पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरू सबै पोख्रेल प्यानलका हुन् ।