मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २८ शनिबार १२:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीको सरकार धेरै दिन टिक्दैन : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २८ शनिबार १२:०७:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीको सरकार धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् । शनिबार नेपाल राष्ट्रिय कर्मचारी संगठनको परिषद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ सरकार बनेपछि महँगी घटाई कर्मचारीलाई साथ र सहयोग गर्ने प्रतिबद्धता गरे ।

उनले कर्मचारीको आफ्नै सीमा र मर्यादा भएकाले विवेक पुर्‍याएर अन्याय र अत्याचारका विरुद्धमा लड्न आह्वान गरे । देशमा बढिरहेको बेथितिको अन्त्य गर्ने प्रमुख दायित्व कर्मचारीको भएकाले राष्ट्रिय हितको पक्षमा लड्न आग्रह गरे ।

अहिले परिस्थिति असहज भएको र संविधान नै धरापमा पर्ने स्थिति आएकाले सजग हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री को बन्ने भन्दा पनि लोकतन्त्र र संविधानलाई कसरी जोगाउने भन्ने कुरा नै अहिलेको चिन्ता भएको बताए । 

अर्काे एक प्रसंगमा प्रचण्डले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरी बेमौसमी चुनाव गर्ने केपी ओलीको सपनालाई जनताको बलले भत्काइदिएको बताए । उनले भने ‘ सामूहिक आवाज नै देश बचाउने शक्ति हो ।’