मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा लोड गरी राखिएको भरुवा बन्दुक फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

बर्दियामा सामुदायिक वनभित्र लोड गरी राखिएको भरुवा बन्दुक फेला परेको छ । मधुवन नगरपालिका– ८ मा रहेको श्री गणेश सामुदायिक वनमा बेवारिसे भरुवा बन्दुक फेला परेको हो । बन्दुकसँगै बन्दुकमा लाग्ने छर्रा, गोली र बारुद फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको टोलीले उक्त बन्दुक आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।