मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २५ बुधबार १२:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जोशीको निधनले पार्टी हाँक्ने नेता गुमाउनुपर्‍यो : देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २५ बुधबार १२:१५:००

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन् ।

स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३औँ दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए । उनले  स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उहाँको निधनले पार्टीले पार्टी हाक्ने नेता गुमाउनुपरेको बताए । 

फरक प्रसंगमा पार्टी सभापति देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताए ।  नेताहरूले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरूमा बोलेको विषयलाई खण्डन गर्दै सभापति देउवाले पार्टी कहिले पनि संकटमा नरहेको ठोकुवा गरे । उनले  पार्टीका नेता कार्यकर्तालाई आफैँले आफैँलाई कमजोर नबनाउन पनि आग्रह गरे । 

उनले भने, ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौँ । पार्टी जितहारले संकटमा नभई धेरैपटक हामी हारेका छौँ । धेरैपटक जितेका पनि छौँ । त्यसैकारण हामीले डिमोरलाइज हुने काम छैन । आफैले आफैँलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’