मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ चैत २५ बुधबार ०८:२९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

थ्री स्टार क्वार्टरफाइनलबाटै बाहिरियो

Read Time : < 1 मिनेट
२०७७ चैत २५ बुधबार ०८:२९:००

१९ औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै थ्री स्टार क्लब बाहिरिएको छ । पोखरा रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताको मंगलबार अन्तिम क्वार्टरफाइनलमा थ्री स्टार नेपाल पुलिस क्लबसँग ४–० ले पराजित भएको हो । बागमती गोल्डकप उपाधि उचालेर प्रतिस्पर्धामा सहभागी हुन आएको थ्री स्टारले पुलिसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सकेन ।

थ्री स्टारका खेलाडी थकित देखिन्थे । पुलिसले थ्री स्टारको पोस्टमा पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल गरेको थियो । खेलको २९औँ मिनेटमा बुद्धबल तामाङले तेज तामाङको पासमा पुलिसलाई १–० को अग्रता दिलाए । खेलको ६८औँ मिनेटमा खेलका म्यान अफ दी म्याच तेजले पुलिसको अग्रता २–० पुर्‍याएको थियो । निरकुमार राईकोे ब्याक पासमा उनले गोल गरेका हुन् ।

खेलको ७३औँ मिनेटमा बुद्धबलले व्यक्तिगत दोस्रो गोल थप्दा पुलिस ३–० ले अघि रह्यो । खेलको ८६औँ मिनेटमा सौजन्य राईले पुलिसलाई ४–० को सानदार जित दिलाए । थ्री स्टारले खेलको अन्तिमसम्म गोल गर्ने प्रयास जारी नै राखेको थियो । 

पुलिसले अब सेमिफाइनलमा २६ चैतमा अफ्रिकन रुट एसोसिएसनसँग भिड्ने छ । २८ चैतसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । बुधबार पहिलो सेमिफाइनलमा एपिएफ क्लबले संकटाको सामना गर्नेछ ।