१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं ।
२o८१ जेठ २ बुधबार १६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिन गोकुल बाँस्कोटाको चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं ।
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:२४:oo

एमाले सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिन चुनौती दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा उनले विश्वासको मत दिएर प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गराएकालाई विश्वासको मत फिर्ता लिन चुनौती दिएका हुन् । 

समर्थन फिर्ता भएपछि नयाँ ढंगले राजनीतिक प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । उनले भने, ‘कसरी हुन्छ कामचलाउ सरकार ? सरकार गठन भएको जगभित्र के छ ? समर्थन आफू गर्ने, समर्थन फिर्ता लिन नसक्ने, अर्को सरकार बनाउन कुनै एजेन्डा प्रस्तुत गर्न नसक्ने कामचलाउ भयो ? कसरी काम चलाउ भयो ? विश्वासको मत प्रधानमन्त्री केपी ओलीलाई कसले दिएको हो हिजो ? फिर्ता लिनोस् । अर्को विषय सुरुवात हुन्छ होला नि त । बन्दी बनाएर हामी जान सक्तैनौा । आफैँ अड्काउने आफैँ पट्काउने ? के गर्ने हो गर्नुहोस् । राजनीतिको मैदान खुला छ ।’

वर्तमान सरकार कामचलाउ नभएको उनको दाबी छ । उनले विगतमा शेरबहादुर देउवाको नेतृत्वको सरकारको समयमा कामचलाउ सरकारको मन्त्रिमण्डलको झुण्डमा ‘लम्पट’ भएर बसेको आरोप पनि लगाए । 

उनले सरकारले गरेका विकास निर्माणलगायत राम्रा काम नदेख्नेलाई ‘कानमा रुवा राख्न र आँखामा साउने चस्मा लगाउन’ आग्रह गरे ।

ad
ad